कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रूपैयाँमा कारोबार छापावाल सुनको मूल्य आइतबार २ लाख ८७ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य ६० रूपैयाँले बढेर ४ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ।