काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुईसमूहबिच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनामा प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले दुईपक्षबिच झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको जानकारी दिए ।
गोली लागेर घाइते मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा अर्को समूहसँग विवाद भएपछि झडप सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ ।
दुई समूहबिचको झडपकाक्रममा कप्तानगन्ज बजारका विभिन्न क्षेत्रमा आगजानी भएको को घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी छ ।


प्रतिक्रिया दिनुहोस्