काठमाडौँ । अपर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भएको छ ।
कम्पनीले २२ करोड रुपयैँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
२०८२ असोज ९ गते कम्पनीको साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार यही साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्