काठमाडौँ । पार्टीकै सांसदहरूले प्रतिनिनिधि संसदमा सरकारको तीव्र आचोलना गरेपछि प्रधानमन्त्री वालेन्द्र शाहले ‘काहिलेकाहीँ एक्लै लड्नुपर्ने’ गुनासो गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभामा मनिष झा,रमेश प्रसाईं लगायतका सांसदले सरकारको कडा आलोचना गरेपछि मध्यरातमा समाजिक सञ्जालमा प्रधानमन्त्री शाहले लेखेका छन्, “कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटी होइन ।”
पछिल्लो समय रास्वपाभित्र सभापति रवि लामिछानेसँग तालमेल नमिलेको गुनासो आइरहेका बेला प्रधानमन्त्री शाहको गुनासो बाहिर आएको हो ।
उनले भनेका छन्,“केही समय लाग्छ, समय आउनलाई । ढिला होला तर गलत हुँदैन नआत्तिनुस् ।”
गणेश नेपालीको काठमाडौँमा आत्मदाहपछि मृत्यु, पासपोर्टको लाइन, ग्यासको लाइन, व्यवसायीमाथि भइरहेको धरपकडका कारण अर्थतन्त्रमा देखिएको दबाबका कारण सरकार अफ्ठेरोमा छ ।
यो विषयलाई लिएर रास्वपाकै सांसदले नै सरकारको आलोचना गर्न सुरु गरेका छन् । यसै रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहले भनेका छन्,“सुनेको र देखेको भन्दा वास्तविकताभन्दा काहिले कहिलोकाहीँ फरक हुनसक्छ कहिलेकाँही एक्लै लड्नुपर्छ । यो पाहिलो चोटी होइन ।”
शुक्रबार मध्यरातमा यो स्टाटस लेखेका प्रधानमन्त्री शाहले शनिबार विहान आफ्ले गर्न खोजेको र सुधार भएको कामको विवरण लेखेका छन् ।
उनले सङ्कटदेखि समाधानसम्म शिर्षक दिएर दुग्ध विकास संस्थान, नेपाल औषधि लिमिटेड, सिंहदरबार बैद्यखाना, नेपाल वायुसेवा निगम र हेटौंडा कपडा उद्योग कारखानामा भइरहेको प्रगतिबारे समाजिक सञ्जालमा हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्