मंगलबार नेप्सेमा झिनो अंकको सुधार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५मा पुगेको छ ।

नेप्सेमा रहेका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड ८७ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आजको दिन नेप्सेमा अपर लोहोरे खोलाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आजको दिन महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९१ प्रतिशतले घटेको छ ।

कुल ३४० कम्पनीको ९५लाख ३४ हजार २ सय २१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ९७ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।