झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम साढे ३ अर्ब रूपैयाँ


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार एनआरुएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ६० लाख १२ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

कुल ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।