काठमाडौँ । स्मार्ट टेलिकमको लिलामी र ऋण असुली प्रकरणमा नेपाल मेगा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डेसहित ६ जना सञ्चालक र सिइओ ज्योतिप्रकाश पाण्डेविरुद्ध मुद्दा दायर भएको छ ।
स्मार्ट टेलिकमको लिलामी र ऋण असुलीका विषयमा १ जना सञ्चालकबाहेक एनआइएमबीका सबै सञ्चालक र सिइओ विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो ।
एनआइएमबीका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, सञ्चालक प्रजन्य राजभण्डारी,कबि कुमार टिब्रेवाला,दिपाङ्कर शाक्य उडाई, शारिकराज बेलाबासे र शोभा श्रेष्ठ र सिइओ ज्यातिप्रकाश पाण्डेविरुद्ध मुद्दा दर्ता भएको हो ।
कुल २२ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा एनआइएमबीको सिङ्गो सञ्चालक समिति र सिइओ नै तानिएका छन् ।
बुधबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । यो मुद्दाको बिगो दाबी ९६ अर्ब १२ करोड १७ लाख २० हजार ४ सय ४२ रुपैयाँ छ । उनीहरू विरुद्ध सङ्गठित अपराध, ठगी, बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्