काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले जनआस्था कार्यालयमा छापा हानेको छ ।
हिजो बेलुकी श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले आज बिहानै ललितपुरको सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।
प्रहरीहरूले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस लगेका छन् ।
श्रेष्ठ पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासङघले आन्दोलन गर्दैछ । दीपिका सिंहको जाहेरीका आधारमा श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुर मुद्दामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्