भारतीय सेनाप्रमुख सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको सम्मान पाउने


भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउँदै छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा सेठ र प्रधानसेनापति सिग्देलबीच जंगी अड्डामा द्विपक्षीय सैन्य वार्ता हुनेछ। भेटवार्तामा दुई देशबीचको रक्षा सहकार्य, संयुक्त अभ्यास तथा सैन्य सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी दिने परम्परा सन् १९५० देखि चल्दै आएको छ। यसलाई दुई देशबीचको सैन्य सम्बन्ध र पारस्परिक सम्मानको प्रतीकका रूपमा लिइन्छ।