झिनो अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ३८ करोड ६३ लाख ३४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.६३ प्रतिशतले घटेको छ ।

कुल ३५० कम्पनीको एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।