मकवानपुरमा भएको जिप दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीस डाँगीसहित ६ जना घाइते


काठमाडौँ । मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीस गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।

घाइते सबैको पहिचान खुलेको छ ।

घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश डाँगीसहित रजिष्ट्रार तारादत्त बडू,बडूकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू र छोरी रिता बडू रहेका छन् ।

दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी पनि घाइते भएका छन् ।

आज बिहान भीमफेदी गाउँपालिका–६ जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो दुर्घटना भएको थियो ।