दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिचको सुमधुर सम्बन्धले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि अर्थपूर्ण संवाद र छलफलको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेको छ ।
उत्तर कोरियाली नेता किमसँगको राम्रो सम्बन्धलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले आइतबार पेन्टागनलाई उल्ची फ्रिडम शिल्ड (यूएफएस) सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिएपछि ब्लु हाउसको यस्तो प्रतिक्रिया आएको हो ।
यस प्रक्रियामा दक्षिण कोरियाले पेस–मेकर (गति निर्धारक) को भुमिका निर्वाह गर्दै अमेरिकासँगको निकट समन्वयमा आवश्यक कूटनीतिक प्रयासहरू जारी राख्ने बताएको छ । सियोल र वासिङ्टनले संयुक्त रक्षा संयन्त्रलाई मजबुत बनाउनुका साथै संयुक्त सैन्य अभ्यास र प्रशिक्षणका विषयमा निकट रहेर काम गरिरहेको र आगामी दिनमा पनि यसका विशिष्ट विवरणहरूमा निरन्तर सहकार्य हुने ब्लु हाउसले थप स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्