काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार साहस ऊर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १७ करोड ५२ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १४.९९ र १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।
कुल ३४६ कम्पनीको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ८० लाख १९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्