काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको सिइओ प्रवीणरमण पराजुलीको राजीनामा माग्दै अभिकर्ताहरूले प्रर्दशन गरेका छन् ।
होटेल याक एन्ड यतिमा भित्र कम्पनीको कार्यक्रम भइरहेको छ भने बाहिर अभिकर्ताहरूले प्रर्दशनसहित नाराजबाजी गरेका छन् ।
उनीहरूले पत्रकार सम्मेलनसमेत गर्दैछन् । उनीहरूले सम्मानको नाममा अभिकर्ताहरूमाथि विभेद गरेको भन्दै सिइओ पराजुलीको राजीनामा मागेका हुन् । भित्र कार्यक्रम भइरहँदा बाहिर प्रर्दशन गरेका छन् । हिजो पनि कार्यक्रममा विवाद भएको थियो । विवादपछि केही अभिकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता लिडरसिप एक्सिलेन्ट अवार्ड कार्यक्रममा कम्पनीले विभेद गरेको भन्दै उनीहरूले आन्दोलनको विरोध जनाएका छन् । हिजो पनि प्रर्दशन गरेपछि केही अभिकर्ताहरूलाई प्रहरीले पक्राउ गरेर बेलुकी छोडेको थियो । अभिकर्ताहरूले अवार्ड बहिष्कार गर्ने घोषणा गरेका छन् भने काठमाडौँमा पत्रकार सम्मेलन गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस्