नागरिक लगानी कोषको नेतृत्वमा फेरि पर्वत कार्की


काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक भइसकेका छन्।

सरकारले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२९१० बमोजिम उनलाई नियुक्त गरेको हो। २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका कार्कीसँग नेपाल राष्ट्र बैंकसहित नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको अनुभव छ।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट बैंकिङ तथा फाइनान्समा स्नातकोत्तर गरेका कार्कीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा पनि स्नातकोत्तर गरेका छन्।