सानिमा ग्रोथ फण्डले ५ प्रतिशत लाभांश दिने


काठमाडाैँ । सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ।

सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार इकाईधनीलाई कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगद लाभांश वितरण हुनेछ।

लाभांश वितरणका लागि भदौ १८ गते एक दिन बुक क्लोज तोकिएको छ। त्यसैले भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले मात्र लाभांश पाउनेछन्।

फण्डको असार मसान्तसम्मको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १०.५४ रुपैयाँ र कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ रहेको छ।