काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे मुलुकको आर्थिक विकासले थप गति लिने बताएका छन्।
१८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा उनले अटोमोबाइल क्षेत्रलाई विलासिताका वस्तुसँग मात्र जोडेर हेर्न नहुने बताए। यो क्षेत्रले ठूलो रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई उल्लेख्य राजस्व दिइरहेको उनको भनाइ छ।
उप्रेतिले भने, ‘देशको आर्थिक गतिविधिलाई थप गति दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ, सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सके आर्थिक विकासले थप गति लिनेछ ।’
उप्रेतीले काठमाडौंमा ठूलो क्षमताको सभा हलसहित पूर्वाधार विकासमा तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै लगानी र व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस्