काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ मा २३ खर्ब ६३ अर्ब १३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । २०८३ असार महिनामा विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रूपैयाँ रहको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रूपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २५ खर्ब ८१ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रूपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्