काठमाडौँ । बुधवार बिहान नेपालको भूभागमा गएको भीषण पहिरोका कारण चीनको सिजाङ ९तिब्बत० स्वायत्त क्षेत्रस्थित केरुङ (जिरोङ) नाकामा ठूलो जनधनको क्षति भएको छ ।
प्राप्त प्रारम्भिक विवरणअनुसार बुधवार राति ८ बजेसम्म सो घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६५ जना बेपत्ता भएका छन् । विपद्को संवेदनशीलतालाई मध्यनजर गर्दै सिजाङ प्रशासनले प्राकृतिक विपद् प्रतिकार्यको उच्चतम तहको संकटकालीन उद्धार कार्य ९इमर्जेन्सी रेस्पोन्स० सक्रिय बनाएको छ ।
उद्धारका लागि ७९२ जना दक्ष जनशक्ति र १५२ वटा सवारी साधन परिचालन गरिएको छ । त्यस्तै, क्षेत्रीय अग्नि नियन्त्रण तथा उद्धार प्राधिकरणले ७२ वटा सवारी साधनसहित ४३१ जना उद्धारकर्मी, तालिमप्राप्त कुकुर, लाइफ स्क्यानर र स्पिड बोटहरू घटनास्थलमा पठाएको छ । उद्धार कार्यमा चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी बल समेत संलग्न रहेका छन् ।
सिन्ह्वाका अनुसार, ल्हासादेखि केरुङसम्मको सडक खण्डमा उद्धारका सवारी साधनहरूको लस्कर देखिएको छ । प्रभावित क्षेत्रमा हालसम्म ८ हजार थान कटन कोट, २ हजार थान पाल, ३ हजार थान सिरक र ५ हजार थान ओछ्यान ९मोइस्चर–प्रुफ म्याट० लगायतका राहत सामग्री पठाइएको अधिकारीहरूले जनाएका छन् ।
पहिरोका कारण नाका जोड्ने सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुनुका साथै सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत प्रशारण लाइन मर्मतका लागि प्राविधिकहरूको पहिलो टोली घटनास्थल पुगिसकेको छ ।
राष्ट्रिय स्तरमा चीनको प्राकृतिक स्रोत मन्त्रालयले भौगर्भिक विपद् सम्बन्धी दोस्रो उच्च तहको ९लेभल–२० आपतकालीन प्रतिक्रिया सक्रिय पार्दै उद्धार कार्यको सहजीकरण र थप जोखिम न्यूनीकरणका लागि कार्यदल परिचालन गरेको छ । विपद् न्युनिकरण तथा राहतका लागि गठित राष्ट्रिय आयोग र आपतकालीन व्यवस्थापन मन्त्रालयले ३० हजार थान टेन्ट, चुल्हो, कपडा र बेड लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।
राहत तथा उद्धार कार्यलाई तीव्रता दिन चीनको वित्त मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले १२ करोड युआन ९करिब १ करोड ७६ लाख ९० हजार अमेरिकी डलर० केन्द्रिय प्राकृतिक विपद् राहत कोषबाट विनियोजन गरेका छन् । यसका अतिरिक्त, राष्ट्रिय विकास तथा सुधार आयोगले प्रकोपपछिको पुनर्निर्माणका लागि थप १० करोड युआन बजेट छुट्याएको छ ।
चिनियाँ सरकारी स्वामित्वको इन्जिनियरिङ संस्था ‘चीन आनेङ’ ले २ सय जना विशेषज्ञहरूको टोलीलाई बहुआयामिक ड्रोन, थ्री–डी लेजर स्क्यानर र लाइफ डिटेक्टर जस्ता अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा खटाएको छ । स्थानीय मौसम विज्ञान केन्द्रले केरुङ क्षेत्रमा आगामी आईतवारसम्म निरन्तर वर्षा हुने प्रक्षेपण गरेको छ । भारी वर्षाका कारण तल्लो तटीय क्षेत्रमा थप बाढी, पहिरो र अन्य माध्यमिक विपद्को जोखिम बढ्नसक्ने भन्दै शतर्कता अपनाउन चेतावनी दिइएको छ । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्