अन्तर्राष्ट्रिय दाताहरूका लागि छुट्टै भुक्तानी पोर्टल सार्वजनिक


काठमाडौँ । सरकारले बाढी पीडितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दाताहरूका लागि छुट्टै भुक्तानी पोर्टल सार्वजनिक गरेको छ।

नेपाल क्लियरिङ हाउस एनसीएचएल०सँगको सहकार्यमा सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विदेशी दाताहरू सोझै सहयोग जम्मा गर्ने प्रणाली तयार गर्दै सञ्चालनमा ल्याएको हो।

दाताहरूले आफ्नो कार्ड वा स्ट्यान्डर्ड चार्टर्डमा रहेको क्यूआर कोर्डमार्फत सिधै कोषमा सहयोग जम्मा गर्न सक्छन्। सहयाेगी दाताहरूले https://pmdrf.nchl.com.np/ मार्फत सहयाेग गर्न सक्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।