घट्यो सुनको मूल्य, चाँदीको स्थिर


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख २० हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबा र३ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला स्थिर रहँदै ४ हजार ९६५ रूपैयाँ कायम रहेको छ ।