काठमाडौँ । तीब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी आएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले सूचना जारी गर्दै तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी आएकोले सतर्क रहन अनुरोध गरेको छ ।
उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानको लागि प्रहरीले अनुरोध गरेको हो ।
पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले पनि तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्