नेकपाले राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रसुवाका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय भएको हो। पार्टीले नगद सहयोगसँगै प्रभावित जिल्लामा आवश्यक राहत सामग्रीसमेत पठाउने तयारी गरेको छ।

विपद्को यस घडीमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु पार्टीको दायित्व भएको बताउँदै ज्वालाले निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।