काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज सोमबार बस्दैछ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आयोजना हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्दै संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र आगामी संसदीय रणनीतिबारे छलफल हुने बताइएको छ।
त्यस्तै, जनसरोकारसँग प्रत्यक्ष जोडिएका समसामयिक विषयलाई पनि बैठकको प्राथमिकतामा राखिएको छ। मुलुकमा पछिल्लो समय देखिएका राजनीतिक घटनाक्रमका साथै प्राकृतिक विपद्का घटना र त्यसबाट प्रभावित नागरिकका तत्कालीन समस्याबारे समेत बैठकमा समीक्षा हुने जनाइएको छ।
बैठकमार्फत वर्तमान परिस्थितिको मूल्यांकन गर्दै संसद्मा पार्टीको आगामी भूमिकालाई थप स्पष्ट पार्ने कांग्रेसको तयारी छ।


प्रतिक्रिया दिनुहोस्