काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ (कर समेत)नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाइनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको साधारण सभाबाट पारितगरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्