४४ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ८ लाख २३ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १३.१६ प्रतिशतले बढेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९८ प्रतिशतले घटेको छ ।

कुल ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।