कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रूपैयाँ कायम रहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला ४ हजार ७६५ रूपैयाँमा कारोबार भइरहेको छ ।