काठमाडौँ । प्रोफेसनल होल्डिङ्स लिमिटेड(ग्लोबल कलेज ग्रुप)ले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशी बाढी पीडितका लागि प्रोफेसनल होल्डिङ्सले सहयोग रकम जम्मा गरेको हो ।
होल्डिङ्सको तर्फबाट सिएफओ रमेश पाण्डेले सहयोग रकम अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई आज हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते भोटोकोशीमा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ ।
विपद् व्यवस्थापनका लागि सरकारलाई विभिन्न क्षेत्रबाट सहयोग हुनेक्रम जारी छ । सोही क्रममा प्रोफेसनल होल्डिङ्स लिमिटेडले पनि सहयोग रकम हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्