हामीलाई विलौना गर्ने र विश्राम लिने छुट छैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा विपद्बारे जानकारी दिँदै प्रधानमन्त्री शाहले अहिले शोक मनाउन समय नभएको बताए।

प्रधानमन्त्रीले भने, हामी विपद्सँग लडिरहेका छौं, मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय र विश्राम लिने छुट छैन ।

खोज तथा उद्धार कार्यमा नेपाली सेना प्रहरी शसस्त्र प्रहरी तथा तीन देशका विषेशज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीकाअनुसार सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ ।