काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
संस्थाले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।
विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरूको तर्फबाट रु. ५ लाख ५५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।
अभियान लघुवित्तले प्राकृतिक विपद्का कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडा र कठिन परिस्थितिप्रति समेत सहानुभूति व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्