नाइजेरियाको औद्योगिक घराना क्वान्टम ग्रुपद्वारा नेपालका बाढी पीडितका लागि रु.१० लाख ७० हजार सहयोग


काठमाडौँ । नाइजेरिया स्थित औद्योगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढी पीडितलाई राहत सहयोग स्वरुप एनआरएनए नाइजेरिया मार्फत १० लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ ।

‘क्वान्टम ग्रुप’ स्टील , प्याकेजिङ्ग , प्लास्टिक , पेपर , फुड् प्रोसेसिङ लगायतका उद्योगहरूको समूह हो ।

सहयोगका लागि एनआरएन नाइजेरियाले ग्रुपका अध्यक्ष मनोहर काबरा, निर्देशक गिरिष मुन्द्रा र एनआरएनए नाइजेरियाका उपाध्यक्ष एंव उद्योग प्रमुख लेखा अधिकृत अभिषेक मान सिहंलाई आभार व्यक्त गरेको छ ।

यो रकमसँगै एनआरएनए नाइजेरियाले बाढीपीडित राहत कोषमा ३८ लाख नेपाली रुपैयाँ बराबरको रकम सङ्कलन गरेको छ ।

राहत सङ्कलन अभियान जारी रहने र अर्को हप्ता सबै सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने एनआरएन नाइजेरियाले जनाएको छ ।