काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले भोटेकोशी बाढीमा रोल्पाका २५ जना बेपत्ता भएको प्रधानमन्त्री वालेन्द्र शाहलाई जानकारी गराएका छन् ।
उनले अहिलेसम्म प्राप्त तथ्याङ्अनुसार रोल्पाका २५ जना बेपत्ता भएको जानकारी गराउँदै खोजी तथा उद्दारका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
आज प्रधानमन्त्री शाहलाई भेटेर सबै नागरिकको खोजी तथा उद्दारका लागि १८ बुँदे सुझाव पनि दिएको जानकारी दिएका छन् । पुन रोल्पाबाट प्रतिनिधि सभा सदस्य पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्