झिनो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड ९० लाख ८८ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.७६ प्रतिशतले बढेको छ ।

यस्तै, आज पियोर इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.३३ प्रतिशतले घटेको छ ।

कुल ३४६ कम्पनीको एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।