धुन्चे जाने वैकल्पिक सडकमा सास्ती (फोटो फिचर)


भोटेकोसी नदीमा आएको बाढीले मुख्य सडक बगाएपछि रसुवाको धुन्चे जाने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। नौकुण्ड गाउँपालिका हुँदै जाने यो सडक साँघुरो, हिलाम्ये र जोखिमपूर्ण हुँदा यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।

बाढीले क्षति पुर्‍याएको मुख्य सडकको विकल्पका रूपमा सञ्चालनमा ल्याइएको सडकमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ। सडकको कमजोर अवस्था र हिलोका कारण सवारीसाधन फस्ने तथा चिप्लिने जोखिमसमेत रहेको छ।

तस्बिर: नेपाल फोटो सर्भिस