२४ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख १ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेर ४ हजार ६९० रूपैयाँमा कारोबार भइरहेको छ ।