राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छन् । केहीबेरमा( साढे तिन) बजे राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेर फर्केलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । पौडेलले आज बिहान नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।