काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५० हजार २ सय ५५ सहयोग रकम प्रदान गरेको छ ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम संस्थाका पार्षद् सदस्य, विभिन्न स्थायी तथा अस्थायी समितिका सदस्य, बोर्ड सदस्य, कर्मचारी तथा कर्मचारी सङ्घको सामूहिक सहभागिताबाट सङ्कलन गरिएको हो ।
आइक्यानले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्र्थापनाको प्रयासमा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ । संस्थाले यो सहयोगलाई सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्वको निर्वाहका रूपमा लिएको उल्लेख गरेको छ ।
आइक्यानले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग पु¥याउन सबै क्षेत्रलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्