भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्ः कानुनमन्त्री गौतम



काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री गाैतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । उनले जेन–जी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भईरहेको बताइन ।

लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने दाबी गरिन । उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् ।

जेनजीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनकाे भनाइ थियाे । सरकार गठन भएको करिब पाँच महिना मात्र भएको उल्लेख गर्दै मन्त्री गाैतमले यस अवधिमा सरकार सञ्चालन सहज नभएको बताइन् ।