काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ७६ लाख ७४ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यी तिनै कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३५२ कम्पनीको एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्