काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको २०८३ भदौ २६ गते बसेको संचालक समितिको बैठकले चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्