काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेज० लाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरिने बताएका छन् ।
स्टाफ कलेजको ४४औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले प्रतिष्ठानलाई नेतृत्व तथा व्यवस्थापन विकासको केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सचिव भुजेलले काभ्रेमा जग्गा प्राप्ति र भौतिक पूर्वाधार विस्तारसँगै तालिम, अनुसन्धान र परामर्शका क्षेत्रमा प्रतिष्ठानको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिए। उनले हालै प्राप्त क्ष्क्इ प्रमाणपत्रले प्रतिष्ठानको गुणस्तर र व्यावसायिकता पुष्टि गरेको उल्लेख गर्दै थप आधुनिकीकरण आवश्यक रहेको बताए।
खारेज भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको शाखा अधिकृतस्तरको तालिम अब स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिए। प्रदेशस्तरमा छुट्टाछुट्टै प्रशिक्षण केन्द्र स्थापना भइसकेकाले केन्द्रमा दोहोरो प्रकृतिका संस्था आवश्यक नरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्