कांग्रेस सहमहामन्त्रीमा खस आर्यतर्फ मनोजमणि आचार्य विजयी


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतान्तरले पराजित गरे ।

केसीले २ हजार १९९ मत प्राप्त गर्दा अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत पाए । त्यस्तै, शुभराम बस्नेतले ५३५ मत प्राप्त गरेका छन् ।

खस आर्यतर्फ सहमहामन्त्री पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । मतपरिणाममा आचार्य पहिलो, केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा रहे ।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।