आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ्ग एकको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा विनिमयदर निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ दुई पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ पाँच पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ८४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९० रुपैयाँ छ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६२ पैसा बिनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।