नेपाल उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा नानिराज घिमिरेद्वारा उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यका लागि फुटवेयर म्यानुफ्क्चरर्स एसोसिएसन अफ् नेपालका अध्यक्ष नानिराज घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको यही चैत २८ र २९ गते हुने ५७ औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि घिमिरेले वस्तुगत तर्फको कार्य समिति सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

एसोसिएसनका महासचिव ज्ञानेन्द्र प्रसाद दाहालले घिमिरेलाई विजयी बनाउन वस्तुगत तर्फका अध्यक्ष तथा प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।