ह्वावेले बुझायो ६ अर्व रोयल्टी, ८० प्रतिशत रोयल्टी अमेरिकी कम्पनीलाई


काठमाडौं । चिनियाँ बहुराष्ट्रिय कम्पनी ह्वावेले पछिल्लो दुुई दशकमा विभिन्न कम्पनीलाई ६ अर्व डलर रोयल्टी बुुझाएको छ ।

सन् २००१ यता प्रविधि सम्बन्धि प्याटेन्ट क्रस लाइसेन्सका लागि बझाएको कुल रकममध्ये ८० प्रतिशत हिस्सा अमेरिकी कम्पनीहरुको छ ।

नवपर्वतन र बौद्धिक सम्पत्तिबारेको सार्वजनिक श्वेत पत्रमा ह्वावेको पछिल्लो अवस्थाबारे उल्लेख छ । कम्पनीले बौद्धिक सम्पत्तिको संरक्षण तथा सम्मान कम्पनीका आधारशीला भएको बताउँदै सम्बद्ध सबै पक्षलाई यसको सम्मान गर्न आग्रह गरेको छ ।

सन् २०१५ यता कम्पनीले अमेरिका, युरोप र एसियाका विविध कम्पनीहरूबाट १.४ अर्ब अमेरिकी डलर बराबरको इजाजत आम्दानी प्राप्त गरेको छ । ह्वावेको उत्पादन र विक्री मूल्य १ खर्ब बराबर रहेको जनाएको छ ।

हुवावेइको यो श्वेत पत्रले यसको व्यवहार ,नवपर्वतन र बौद्धिक सम्पत्तिको संरक्षणको विषयमा व्याख्या गरेको छ ।

अमेरिकाले हुवावेइलाई प्रतिवन्ध लगाइ उसको फाइभ जीको प्रयोग नगर्न आफ्ना सहयोगी देशहरूलाई दबाब दिइरहेको छ ।

अमेरिकी प्रतिबन्धका कारण कम्पनीको उत्पादन र वितरणमा समस्या परेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेइका उत्पादनहरूले चीनको सेनाका लागि जासुसी गरेको आरोप लगाइ प्रतिबन्ध लगाएका थिए । राष्ट्रपति वाइडेन आएपछि ह्वावे अमेरिका सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।