काठमाडाैँ । माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई जोड्ने साप्ताहिक एक्सप्रेस रेल सेवा सञ्चालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन्। रेल सेवा शुरु भएसँगै जनकपुरधाममा अयोध्याबाट आउने रेल तथा यात्रुको स्वागतका लागि विशेष तयारी गरिएको छ ।
जनकपुरधामस्थित रेल्वे स्टेसनलाई आकर्षक ढंगले सजाइएको छ भने रेलमार्ग हुँदै आउने यात्रुलाई जानकी मन्दिरको दर्शन गराउने व्यवस्था मिलाउने तयारीसमेत गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले अयोध्याबाट जनकपुरधाम आइपुग्ने रेललाई भव्य रूपमा स्वागत गर्ने तयारी भइरहेको बताए ।
जनकपुरधाम र अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबिचको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, माता जानकी र भगवान् श्रीरामसँग जोडिएका यी दुई पवित्र धार्मिक नगरीबिच परापूर्वकालदेखि रहँदै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास जनकपुरधामवासीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्