चीनमा अविवाहित आमालाई मातृत्व बिमा दिइँदै


काठमाडौ । जनसांख्यिकको बढ्दो जोखिमका बीच चीनका धेरै शहरहरूले अविवाहित आमाहरूलाई मातृत्व बिमा उपलब्ध गराइरहेको छ ।परिवार नियोजन नीतिको उल्लंघ गरी कुनै बेला यो कल्याणकारी सुविधाबाट बञ्चित गरिएको यो समूहलाई चीनका धेरै शहरहरूले मातृत्व बिमा  सुविधा उपलब्ध गराइरहेको ग्लोबल टाइम्सले जनाएको छ ।

संघाइकी अविवाहित आमा ४५ वर्षीया झाङ मेङले यो महिनाको शुरूमा तीन वर्षपछि कानुनी लडाइँबाट यो सुविधा प्राप्त गरेकी हुन् । ‘म धेरै खुशी र आभारी छु’ उनले प्रतिक्रिया दिँदै भनेकी छिन् ।

यो वर्ष संघाइकी कम्तीमा आठ अविवाहित महिलाले मातृत्व बिमाको आवेदन दिएर सो सुविधा पाउन सफलता पाएकी हुन् । तीस हजार युयानदेखि एक लाख बीस हजार युयान बराबरको मातृत्व बिमा उनीहरूले पाएकी हुन् ।

परिवार नियोजनसम्बन्धी विषयलाई पहिलो पटक संघाइले मातृत्व बिमालाई प्रावधानलाई परिमार्जन गरेको थियो । यसअघि विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र प्रस्तुत गरी पाइने यो सुविधामा अविवाहित महिलाले पनि सो सुविधा पाउने गरी परिमार्जन गरिएको हो ।
यो प्रावधान परिमार्जन गर्ने संघाइ दोस्रो क्षेत्र हो ।

दक्षिण चीनको गुआङदोङ प्रान्तलगायतका केही शहरहरूले यो प्रावधानलाई अनुशरण गरिरहेको झाङले बताइन ।

झाङले यो अधिकारका लाागि अदालतका सबै तहमा कानुनी लडाइँ लड्दै आएकी थिइन् । उनको मातृत्व बिमाको आवेदन अस्वीकार गरिएपछि कानुनी लडाइँ लडेर सफलता पाएकी हुन् । यो अवधिमा उनले संघाइको सामाजिक बिमा प्राधिकरणमा निवेदन दिएकी थिइन् । अर्को निवेदन पुदोङ नयाँ क्षेत्रमा निवेदन दिएकी थिइन ।

दुवै ठाउँमा उनले असफल भएकी थिइन् । झाङ भन्छिन् “पराजयले चकित पारेन तर न्यायिक प्रणालीलाई परिवर्तन गर्न वा प्रशासकी ऐनलाई सही गर्न गाह्रो हुने सोँचे । तर मैले कहिल्यै हरेस खाइन ”

चीनको नागरिक ऐनले विवाह नभएर जन्मिएको शिशुहरूलाई विवाह भएर जन्मिएका शिशुहरूलाई दिइने सुविधा सरह दिनुपर्ने भनेपनि व्यवहारमा यसलाई पूरा गर्न सजिलो नभएको झाङको वकिल फाङ जिको भनाइ छ ।

फाङका अनुसार एकल महिलालाई सो अधिकार उपलब्ध हुन गाह्रो हुने गरेको छ ।

चीनका अधिकांश क्षेत्रमा अविवाहित आमाहरूलाई सो सुविधा प्राप्त हुन गाह्रो भइरहेको छ ।

चीनमा जनसांख्यिक तनाव र न्यून प्रजनन दरको समस्या छ ।

३६ वर्षीया एकल महिला शे वेन्किङले चिनियाँ अधिकारीहरूले परिवार नियोजन नीतिलाई समााप्त पारी शिशु जन्मलाई प्रोत्साहन गरिने नीतिलाई बढी सहज र सजिलो बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

झाङ लगायत केही अविवाहित महिलाले मातृत्व बिमा प्राप्त गरेका बेला मेरो आँखा रसाएको उनले बताइन ।
उनले केटासाथीसँग मिलेर शिशु जन्माउने योजना बताइन् ।