नेप्सेले निफ्रासँग माग्यो स्पष्टिकरण


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग स्पष्टिकरण मागेको छ । नेप्सेले बजार प्रभावित पार्ने खालका सूचनाहरु सार्वजनिक गरेको भन्दै निफ्रासँग ३ दिने स्पष्टिकरण मागेको हो ।

नेप्सेले बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सुचिकृत हुने शिर्षक सम्बन्धी समाचार तथा अन्य विभिन्न प्रश्नहरू जस्तै ः निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को सँग के कस्तो छलफल गरेको हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ? भन्ने सम्बन्धमा सत्य के हो र कसो भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन  गरिएको नेप्सेका कामु सहायक प्रबन्धक सुवोध ढुंगेलले बताए

केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।

सीईओको यो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।