यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको ०७८ सालको बैंकिङ समयतालिका


काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ सालका लागि बैंकिङ समयतालिका सार्वजनिक गरेको छ । केन्द्रिय बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंकहरुको बिदा हुने दिन र बैंकिङ समयतालिका सार्वजनिक गरेको हो । त्यस्तै विभागले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि पनि सार्वजनिक दिएको छ ।

राष्ट्र बैंकका अनुसार आगामी वर्षको बैंकहरुको विदाहुने दिन यस्तोे छ :

बैंशाख : १ गते नयाँवर्षको दिन र १८ गते विश्व मजदुर दिवसको दिन ।

जेठ : १२ गते गणतन्त्र दिवस र १५ गते मत्स्येन्द्रनाथ भोटो देखाउने दिन ।

भदौं : ६ गते रक्षाबन्धन, ७ गते गाईजात्रा (काठमाण्डौ उपत्यकामात्र विदा ) १४ गते गौरा पर्वको दिन र २४ गते हरितालिका तिजको दिन ।

असोज : ३ गते इन्द्रजात्रा र संविधान दिवस, १३ गते जितिया पर्व (महिला कर्मचारीहरुका लागि बिदा), २१ गते घटस्थापना, २६ गतेदेखि असोज ३० गतेसम्म (फूलपातीदेखि एकादशीसम्म) ५ दिन बिदा दिइएको छ ।

कात्तिक : २४ गते छठ पर्व, २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बी कर्मचारीहरुलाई मात्र बिदा) तिहारको लागि १८ गतेदेखि २१ गतेसम्म ४ दिन बिदा दिइएको छ।

मंसिर : ३ गते गुरु नानक जयन्ती (यो दिन नेपाली सिख धर्मावलम्बी कर्मचारीहरुलाई बिदा), १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवस (अपांगता भएका कर्मचारीलाई बिदा)।

पुस : ४ गते धान्य पूर्णिमाको दिन, १० गते क्रिसमस डेको दिन, १५ गते तमू ल्होसारको दिन ।

माघ : १ गते माघी पर्वको दिन, १९ गते सोनाम ल्होसारको दिन ।

फागुन : ७ गते प्रजातन्त्र दिवस, १७ गते महाशिवरात्री, १९ गते ग्याल्पो ल्होसार र २४ गते अन्तर्राष्टिय महिला दिवसको दिन ।

चैत्र : ३ गते फागुपर्वको दिन लागि हिमाली र पहाडी जिल्लालगायत ५६ जिल्लामा त्यस्तै ४ गते तराईका जिल्लाहरुमा, १२ गते किराँत राई, याक्खा, सुनुवार, लिम्बू जातिको उभौली पर्व, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)मा को दिन, १८ गते घोडेजात्राको दिन (उपत्यका विदा)

त्यस्तै इल उल फित्र र इद उल अजहामा दिएपनि मिति भने तोकेको छैन । विभागले बैंकहरु शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन बिदा दिएको छ।

यस्तो छ दैनिक कार्यालय समयतालिका

राष्ट बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको छ । यो बेला बैंकिङ समय भने बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार भने बिहान १० बजदेखि दिउँसो १ः३० सम्म कार्यालय र बैंकिङ समय तोकिएको छ।

त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने भनिएको छ। प्रत्येक शुक्रबार भने बिहान १० बजदेखि दिउँसो १२ः३० सम्म कार्यालय र बैंकिङ समय तोकिएको छ।