आज पनि बढ्यो सुनको मूल्य, चाँदीमा भने सामान्य गिरावट


काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १८५ कायम भएको छ ।